धनकुटा, २४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताउनुभएको छ ।
धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताउनुभयो ।
स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका विभिन्न गठबन्धनले परास्त गर्न नसकेको भन्दै ओलीले नेकपा (एमाले) नेपालको स्थानीय सरकार सञ्चालन गर्ने स्थानीय तहमा विजयी भई पहिलो पार्टी हुन सफल भएको बताउनुभयो ।
एमालेले धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको भन्दै नेपालभरिको स्थानीय तहको निर्वाचनमा धनकुटाको विशेष स्थान रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया