खजुरा (बाँके), २१ असार । असारको तेस्रो साता समाप्त हुँदा समेत जिल्लामा १२ प्रतिशत मात्र रोपाइँ भएको छ ।
समयमा पानी नपरेकोले २० प्रतिशतभन्दा बढी किसानले अझै पनि ब्याड राख्न सकेका छैनन् । जिल्लाका अधिकांश क्षेत्रमा किसानलाई खेतीका लागि आकासे पानीको भर पर्नुपर्ने हुन्छ ।
यसपटक समयमा पर्याप्त पानी नपर्दा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत धनबहादुर पुनले बताउनुभयो । जिल्लाको ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भए पनि हालसम्म करिब चार हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।
प्रतिक्रिया