दार्चुला, १९ असार । यहाँका कुल नौ स्थानीय तहमध्ये पाँचमा नेपाली काँग्रेस, तीनमा नेकपा (एमाले) तथा एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।
काँग्रेस दुई नगरपालिका र तीन गाउँपालिका, एमाले तीन गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएका हुन् ।
व्यास गाउँपालिका अध्यक्षमा काँग्रेसका दिलीपसिंह बुढाथोकी एक हजार ९१५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिलीपसिंह डडालले एक हजार ६०७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी हेमा भट्ट एक हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुँवर एक हजार ६५० मत प्राप्त गर्नुभयो ।
यस्तै शैल्यशिखर नगरपालिका प्रमुखमा काँग्रेसका अमरसिंह धामी तीन हजार ९२६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गङ्गादत्त जोशीले तीन हजार दुई मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसकी राजमति पाल तीन हजार ९२६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी कलावती खडायतले तीन हजार ५२३ मत प्राप्त गर्नुभयो ।
यसैगरी मालिकार्जुन गाउँपालिका अध्यक्षमा काँग्रेसका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा एमालेकी पुष्पा अवस्थी विजयी हुनुभयो । धामीले तीन हजार ८६ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहनसिंह धामीले दुई हजार ५९२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा अवस्थीले दुई हजार ९६८ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसकी सङ्गीता चन्दले दुई हजार ६५६ मत प्राप्त गर्नुभयो ।
यस्तै लेकम गाउँपालिका अध्यक्षमा एमालेका परमानन्द जोशी दुई हजार २३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उत्तम नाथले दुई हजार १३५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी माधवी जोशी दुई हजार २३० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी हरिना ओझाले दुई हजार १५० मत प्राप्त गर्नुभयो ।
अपि हिमाल गाउँपालिका अध्यक्षमा एमालेका धर्मानन्द मन्याल एक हजार २४० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भगतसिंह ठेकरेले ९८८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी उर्मिला बोहरा एक हजार ३१३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी देवकी ठेकरेले ९१३ मत प्राप्त गर्नुभयो ।
यस्तै नौगाड गाउँपालिका अध्यक्षमा एमालेका प्रेमसिंह धामी दुई हजार २८९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगतसिंह ठगुन्नाले एक हजार ८१६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी गौरी ठगुन्ना दुई हजार ३०६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लालमती धामीले एक हजार ७७७ मत प्राप्त गर्नुभयो ।
मार्मा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जमनसिंह धामी दुई हजार ३५४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका देवसिंह महरले एक हजार ८०८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकी वाग्मती ठगुन्ना दुई हजार २७७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला पन्तले एक हजार ८३१ मत प्राप्त गर्नुभयो ।
यस्तै दुहँु गाउँपालिका अध्यक्षमा काँग्रेसका पुलेन्द्रबहादुर कार्की दुई हजार ३०५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्रसिंह बडालले एक हजार ६९७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी ईश्वरी जोशी दुई हजार २०९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी राजेश्वरी बमले एक हजार ६७५ मत प्राप्त गर्नुभयो ।
महाकाली नगरपालिका प्रमुखमा काँग्रेसका हंसराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरसिंह चैसिरले तीन हजार ४८६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँग्रेसकी सुना बोहरा चार हजार १३२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया