रसुवा, १९ असार । भूकम्प प्रभावितकोे बसोबासका लागि यहाँका एक दाताले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं ३ बृद्धिम गाउँका ३३ वर्षीय टासी तामाङले रु ३८ हजार मूल्य बराबरको चार आना जग्गा सोही क्षेत्रकी छिरिङ पाल्मु तामाङलाई निशुल्क रुपमा प्रदान गर्नुभएको हो ।
किता नं ३७९ र रजिस्ट्रेसन नं १६०१ को उक्त जग्गा बकसपत्र मार्फत प्रदान गर्नुभएको मालपोत कार्यालय, रसुवाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
छिरिङ पाल्मुको साविक बसोबास गरेको स्थान भूकम्पपछि जोखिम बढ्दै गएकाले सेवा नै परम धर्म भन्ने भावनाका साथ बकसपत्रमार्फत घडेरी दान गरेको जग्गादाता टासीले बताउनुभयो ।
बसोबासमा समस्या परेका व्यक्तिलाई सबैले सहयोग गर्नु ठूलो धर्म हो, मरेपछि साथमा केही जाँदैन, बाँचुन्जेल सबैसँग मित्रभाव गरेर अगाडि बढ्न सबैमा उहाँले आग्रहसमेत गर्नुभयो ।
प्रतिक्रिया