३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

फाकफोकथुम गाउँपालिकामा काँग्रेस विजयी



इलाम, १९ असार । इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी सरस्वती राई (सरू) ले चार हजार २४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी डालाकुमारी कार्की (विष्ट) ले तीन हजार ९८७ मत प्राप्त गर्नुभयो ।

फाकफोकथुम गाउँपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो । वडा नं २ को वडाध्यक्षमा काँग्रेसका यामबहादुर पौडेल ५३७ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो भने वडा–३ को वडाध्यक्षमा काँग्रेसका राजन पौडेलले ७०७ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो ।

वडा–४ मा एमालेका वडाध्यक्षका उम्मेदवार हरिप्रसाद दङ्गाली ८७५ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो । वडा–५ मा एमालेकै सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ ।

वडा–६ मा वडाध्यक्षका उम्मेदवार काँग्रेसका डिकबहादुर थापा ४४६ र नेकाकै पहिलो खुल्ला सदस्य रोमनाथ चम्लागाईं तथा एमालेबाट तीन सदस्य विजयी भएका छन् ।

वडा–७ मा एमालेका लोकबहादुर गोदार (थापा) ६२२ प्यानलसहित विजयी हुनुभयो । १३ हजार ७३३ मतदाता रहेको यस गाउँपालिकामा १० हजार ८७ मत खसेको थियो । मतपरिणाम सार्वजनिक गरेर जनप्रतिनिधिलाई आजै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : १९ असार २०७४, सोमबार ००:००