इलाम, १९ असार । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार ६४५ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले छ हजार ३९० मत प्राप्त गर्नुभयो ।
देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर प्यानलसहित विजयी हुनुभयो ।
वडा नं २ को वडाध्यक्षमा काँग्रेसका भवानी शङ्करको प्यानल विजयी भएको छ भने वडा–३ को वडाध्यक्षमा एमालेका दाबा तामाङको प्यानल विजयी हुनुभयो ।
वडा–४ मा काँग्रेसका राजेन्द्र बाँस्तोला ७३८ मत ल्याएर प्यानलसहित विजयी हुनुभयो भने वडा–५ मा काँग्रेसका दिलीपकुमार कार्कीसहित नेकाका दुई र एमालेका दुई सदस्य विजयी हुनुभयो ।
वडा–६ मा एमालेका भगीरथ राई प्यानलसहित विजयी हुनुभयो । वडा–७ को वडाध्यक्षमा काँग्रेसका झक्तबहादुर लिम्बू ८४० मत ल्याएर विजयी हुनुभयो । वडा–८ को वडाध्यक्षमा एमालेका चन्द्र मगर एक हजार ६९ मतसहित विजयी हुनुभयो भने वडा–९ को वडाध्यक्षमा एमालेका प्रेम बराल प्यानलसहित विजयी हुनुभयो ।
प्रतिक्रिया