३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

मतगणनालाई तीव्रता दिइने



भद्रपुर, १८ असार । झापा जिल्लामा स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनको मतगणना सुस्त एवम् धिमा गतिमा भइरहेको छ ।

सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा सबै निर्वाचन अधिकृतले सार्वजनिक भएको मतपरिणाम जिल्ला निर्वाचन कार्यालयको सफ्टवेयर राखेर अद्यावधिक नगरेकाले पनि मतपरिणामका बारे अन्योल उत्पन्न भइरहेको प्रमुख जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।
मतगणनालाई तीव्रता दिन प्रजिअ उत्तरकुमार खत्रीको अध्यक्षतामा आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा सबै कार्यालयबाट कम्तीमा चार कर्मचारी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रशाकीय अधिकृत चूडाराज भट्टराईले निर्वाचन अधिकृतहरुले आआफ्ना केन्द्रमा निर्वाचनपूर्व र पछि गर्नुपर्ने काम उचित ढङ्गले नगरेका कारण मतगणनामा समस्या आएको टिप्पणी गर्नुभयो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००