काठमाडौँ, १६ असार । जिल्लाका निर्वाचित प्रमुख र उपप्रमुखसहितको जिल्लासभाले काठमाडौँ जिल्ला समन्वय समितिमा नौ सदस्यीय बनाउने निर्णय गरेको छ ।
जिल्ला सभामा जिल्लाभित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् ।
गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्लासभाको पहिलो बैठक बस्नुपर्ने व्यवस्थाबमोजिम बिहीबार काठमाडौँ जिल्लाका सबै नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको सभाले यस्तो निर्णय गरेको हो ।
नेपालको संविधानको धारा २२० को उपधारा ३ मा जिल्लासभाले बढीमा नौ सदस्य रहेको जिससको निर्वाचन गर्ने व्यवस्था छ । बैठक ज्येष्ठताका आधारमा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईका अध्यक्षतामा बसेको थियो ।
प्रतिक्रिया