५ आश्विन २०८१, शनिबार । September 21, 2024

Breaking

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोले : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताउनुभएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर्‍याई कारबाहीको लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उहाँको पार्टीका नेताहरूले संसदीय समितिले उहाँलाई क्लिनचिट दिएको भनि दिइरहेको अभिव्यक्ति प्रति पोखरेलले खरो टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले लामिछाने र उहाँको पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गर्नुभएको छ ।

लामिछानेको नाम नलिई पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँ छ र दायित्व के हो भन्ने कुरा थाह थिएन भन्नु सफेद झुट भएको उल्लेख गर्नुभएको छ । ‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, होइन र ?’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार ००:००