२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

उपनिर्वाचनको मतदान जारी



 

काठमाडौं । विभिन्न तीन निर्वाचन क्षेत्रमा मतदान जारी छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले उल्लेख गरेको छ ।

गत ४ मंसिरमा सम्पनन प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनको सांसद पद पनि खारेज भएपछि अहिले उपनिर्वाचन भएको हो । त्यस्तै तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भए र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भए उपनिर्वाचन गर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार ००:००