३ कार्तिक २०८१, शनिबार । October 20, 2024

समाचार

सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी



काठमाडौँ ६ फागुन । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको बुझिएको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘निजी कम्पनीले ल्याएको खोप सरकारले भने किन्दैन । निजी प्रयोजनमा नै दिन सकिन्छ ।’

सरकारले ल्याएको खोप भने निःशुल्क नै हुने उनले बताए । म
न्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार २० लाख डोज कोरोना खोप दुई साताभित्रै आइपुग्छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००