२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Uncategorized

गैरआवासीय नेपाली संघका अध्यक्ष र काठमाण्डौं महानगरपालीका वडा न. १४ का अध्यक्ष बीच छलफल



काठमाडौँ ६ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त र काठमाण्डौं महानगरपालीका वडा न. १४ का अध्यक्ष, शोभा सापकोटा, बीच संघले कलङकी चोकमा निर्माण गर्न लागेको आधुनिक सार्वजनिक शौचालयका बिषयमा छलफल भएको छ ।

अध्यक्ष पन्तले सार्वजनिक शौचालय निर्माण जस्तो अति आवश्यक कार्यमा समेत स्थानियले अवरोध पुर्र्याएको र राजनीतिकरण गरेकोमा खेद प्रकट गर्दै सबै स्थानियहरु बीच सहमति भई वडा कार्यालय मार्फत शौचलाय निर्माणको लागि लिखित प्रतिवद्धता प्राप्त नभए सम्म संघले शौचालय अन्य वडामा निर्माण गर्ने बताउँदै यसै बैठकबाट प्रतिवद्धता व्यक्त गर्न अनुरोध समेत गरेका छन् ।
अध्यक्ष पन्तले शौचालय निर्माण गर्न गाह्रो काम नभएता पनि त्यसको व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरमा संचालन गर्न चुनौतिपूर्ण रहेकोले पांच बर्ष सम्म संघले व्यव्स्थापन र संचालन गर्न लागेको जानकारी गराउनु भयो ।

यस अवसरमा वडा अध्यक्षले मानिसहरु खाना नभए पनि केहि क्षण प्रतिक्षा गर्न सक्छन् तर शौच आएमा त्यसको तुरुन्त समाधान गर्न पर्ने भएकोले यो महान र नमूना कार्यमा कसैले पनि विरोध गर्न नहुने र यस कार्य छिटो सम्पन्न गर्न वडा कार्यालय प्रतिवद्ध रहेको र सम्पूर्ण वडा बासीहरु एक ढिक्का भई समन्वय र सहयोग गर्ने प्रण व्यक्त गरेका छन् । उनले शौचालय निर्माण गर्न वडा न. १४ छनौट गरेकामा संघलाई धन्यवाद व्यक्त गर्दै सबै अधिकारिक कामको जिम्मा वडाले लिने जानकारि दिएकी छिन् ।

छलफलमा संघका उपध्यक्ष डा. बद्री केसी, परियोजनाका सल्लाहाकार ईन्जिनियर अमन मास्के र कार्यकारी निर्देशकका साथै वडाका जन प्रतिनिधिहरु तथा स्थानिय बासीहरुको सहभागिता रहेको जानकारि प्राप्त भएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००