२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मुख्य खबर

सपना रोका मगरलाई धम्क्याएको आरोपमा बस्नेत गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ



काठमाडौँ ५ फागृुन । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याएको आरोपमा विनयजंग बस्नेतलाइ प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

विनयजंग बस्नेतले उनलाई धम्क्याएपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत पक्राउ पर्ने वित्तिकै फेसबुकमा स्टाटस लेखेकी छिन् ।

ुधेरैको जिज्ञासा थियो म किन बोलिरहेकी छैन भनेर। कानुनभन्दा माथि हामी कोही थिएनौं। सम्पूर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि फेरि फरार हुने क्रममा काठमाडौंको नयाँ बसपार्कबाट विनयजंग बस्नेतलाई पक्राउ गरेको छ। उनले फेसबुकमा लेखेकि छिन् ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००