२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

पल र मलिका महत्तको जोडिको तारिफ



काठमाडौँ ४ माघ ।  मलिका महत्तको लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ । मलिका भने आफूले गीत हेरेर काम गरिरहेको बताउँदै आएकी छिन् ।

यस्तै उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाउँदा नयाँ रेकर्ड राख्न सफल भयो ।

सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड यो गीतले राख्दै गर्दा मलिकाको चर्चा फेरि चुलियो । पल र उनको जोडिको झनै तारिफ भइरहेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००