२८ आश्विन २०८१, सोमबार । October 14, 2024

International

ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको दिनको एक हजार बढि



काठमाडौँ २ फागुन ।  दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको दिनको एक हजारको दरले रहेको छ ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचार अनुसार त्यहा यो संक्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेट अनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा संक्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००