२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

माधवकुमार नेपाल : केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिन्छ


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ ।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतार देखिए मुलुक सिद्धिने बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको लडाइँ नै ओली प्रवृत्तिविरुद्ध भएको बताएका हुन् ।

‘यो लडाइँ केपी ओलीसँग होइन, ओली प्रवृत्तिविरुद्ध हो । तर, हामीसँग पनि केपी प्रवृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अवतार हुन पुग्नेछौं’, नेपालले भने ।

ओली प्रवृत्तिको पुनरावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००