३० आश्विन २०८१, बुधबार । October 16, 2024

मुख्य खबर

पूर्व मन्त्रीहरुका निजी सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता ल्याउन गृह मन्त्रालयको निर्देशन


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

गृहमन्त्रालयले पूर्व मन्त्रीहरु निजी सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता ल्याउन प्रहरी प्रधानकार्यालयलाई निर्देशन दिएको छ। सरकारले निर्वाचन घोषणा गरिसकेको र गृहमन्त्रालयको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि विपरित सुरक्षाकर्मी खटाएको भन्दै प्रहरी प्रधानकार्यालयलाई सो निर्देशन दिएको हो।

‘हामीलाई प्रहरी प्रधानकार्यालयको सुरक्षा महाशाखामा सामेल हुन निर्देशन दिइएको छ’, पूर्व मन्त्रीको सुरक्षामा खटिएका एक प्रहरी नायव निरीक्षक सइले भने। उनका अनुसार बाटोको म्याद राखेर ४८ घण्टाभित्र फिर्ता भई हाजिर हुन निर्देशन दिइएको हो।

गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनौं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका थिए।

गृहमन्त्रालय स्रोतका अनुसार सो कार्यविधिअनुसार पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र गृहमनत्री तथा जिल्ला सुरक्षा समितिले सुरक्षा थ्रेट निर्धारण गरेका व्यक्ति बाहेक अन्य कसैले पनि सुरक्षाकर्मी प्रयोग गर्न पाउने छैनन्।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००