१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

फेवातालमा पानि घट्यो , घुम्न आउने अचम्ममा


२६ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ २६ माघ । फेवातालको बाँध जीर्ण भएपछि मर्मतसम्भार हुन थालेको छ ।
पानी घटाएर मर्मत गर्न थालिएकाले फेवाताल घुम्न जानेहरु अचम्ममा परेका छन् । पहिलेको भन्दा पानी धेरै नै घटेको देखेपछि त्यहाँ पुग्नेहरु अचम्ममा परेका हुन् ।

फेवातालमा ४२ वर्षपछि शुक्रवारदेखि मर्मतसम्भार सुरु भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यकाअनुसार बाँध मर्मतको लागि अहिले पानीको सतह एक मिटरको घटाइएको छ । प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनको भनाइ छ ।

बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् । फेवातालमा ९२ जलारी परिवारले माछा पालेर जीविकोपार्जन गर्दै आएका छन् । पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवातालमा ५ करोड ३० लाख क्यूबिक मिटर पानी भण्डारण हुन्छ ।

पानीबाट ३ सय २० हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । फेवातालको पानीबाट १ मेगावाटको फेवा जलविद्युत आयोजना पनि सञ्चालनमा छ ।

प्रकाशित : २६ माघ २०७७, सोमबार ००:००