२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Uncategorized

‘सूर्यवंशी’ चलचित्रको निर्माताले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । बलिउड नायक अक्षय कुमार र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’ले हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यसैले पनि यो चलचित्र रिलिज गर्नका लागि प्रदर्शक पनि आतुर छन् । भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएपछि निर्माता र प्रदर्शक उत्साहित छन् ।

लकडाउन अगाडि नै प्रदर्शन मिति तय भएर पनि रिलिज हुन नसकेको चलचित्र ‘सूर्यवंशी’ प्रदर्शन गर्नका लागि निर्माता रोहित सेट्टी र रिलायन्स इन्टरटेन्मेन्ट तयार छन् । तर, उनीहरुले प्रदर्शकसँग भने नयाँ शर्त अगाडि सारेका छन् । जसलेगर्दा, प्रदर्शक र निर्माताविच कुरा मिलेको छैन ।

भारतीय मिडियाका अनुसार, चलचित्रको निर्माताले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग गरेका छन् । यस्तै, चलचित्र रिलिज भएको ४ सातापछि ओटीटी प्लेटफर्ममा रिलिज गर्न पाउनुपर्ने शर्त पिन अगाडि सारिएको छ ।

प्रदर्शकहरु चलचित्र रिलिजको ४ सातापछि ओटीटी रिलिजका लागि तयार भएका छन् । तर, ७० प्रतिशत शेयरमा भने उनीहरु तयार छैनन् । निर्माताले ७० प्रतिशत शेयर राख्न पाउनुपर्ने माग गरेपछि अप्रिल २ तारिखबाट रिलिज हुने भनिएको चलचित्रको प्रदर्शनमा अन्यौलता देखिएको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००