२८ आश्विन २०८१, सोमबार । October 14, 2024

समाचार

नेकपाको प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सिंहदरबार नजिकै प्रदर्शन


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सिंहदरबार नजिकै प्रदर्शन गरेका छन्। प्रतिगमनविरूद्ध भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेको विरोध पत्रसहित अनेरास्ववियूले आइतबार दिउँसो हनुमानस्थानमा प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘दु:खी नेपाली अस्तव्यस्त नेपाल’ भन्दै विरोध पत्रमा लेखेका छन्।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००