१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ ।  नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ ।भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् ।

भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलमा १५९९ भारतीय कैदीहरु रहेका छन् । त्यसैगरी युएई, वेलायत, कतार, मलेसिया इटलीलगायतका मुलुकमा धेरै भारतीय कैदी बन्दी रहेका छन् ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००