२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

विष्णु रिमाल : केपी ओलीको जस्तो क्रेज भएको अर्को नेता नै छैन


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार काठमाडौंमा भएको आमसभामा सवा २ लाख मानिस उपस्थित भएको दाबी गरेका छन् । अहिले केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैको नभएको बताएका छन् ।

शनिबार नुवाकोट काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिमालले कति मास होला भनेर आफूले २ र ३ पटक मञ्चमा उभिएर हेरेको समेत बताए ।

आफू टेक्निकल हिसाब गर्ने मानिस भएको भन्दै उनले भने, ‘त्रिचन्द्रबाट नारायणहिटीसम्म एक किलोमिटर होला, चौडाई ७० मिटर होला । त्यसको क्षेत्रफल ५ लाख बर्गफिटभन्दा बढी हुन्छ । एउटा मान्छे कति ठाउँ ओगट्यो होला रु सामान्यतया बस्दा २ फिट हुन्छ, ६ फिट राखेर हिसाब गर्दा त्यहाँ १ लाख २४ हजार मान्छे अट्छन् ।’

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००