२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Uncategorized

पल शाह र कबिता राए अभिनित कमल खत्रीको तिमि छौ र त सार्वजनिक


२४ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ २४ माघ ।  चर्चित नायक पल शाह र नायिका कविता राए अभिनित म्युजिक भिडियो तिमि छौ र सार्वजनिक भएको छ ।कमल खत्री र अश्मिता अधिकारीको आवाज रहेको यस गीतमा शब्द संगीत पनि कमल खत्री कै रहेको छ ।

चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतलाई हरि हुमांगाईले निर्देशन गरेका हुन् । हाल छायांकन भईरहेको चलचित्र चोर र पुलिसू मा नायिकाको भूमिका निभाईरहेकी कविताले सिनेमाको छायांकनमा ब्रेक लिएर यस म्युजिक भिडियोलाई समय दिएको र समयको राम्रो सदुपयोग भएको उनले बताईंन । मैले सोचेको भन्दा पनि राम्रो भिडियो बन्यो म खुसि छु , यो स्थानमा पुराउने मेरो डिरेक्टर हरि सर , गायक कमल सरलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ू उनले भनिन । करिब एक दर्जन भन्दा बढी म्युजिक भिडियो र थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका तथा मोडल कबिता राए नेपाली कलाकारितामा राम्रो स्थान बनाउने नायिकाको लिष्टमा पर्दछिन । कविता जी लाई अभिनय गराउन खासै मेहेनत गर्न पर्दैन उनि स्टेप एकैछिनमा टिप्छीन र सर्टको लागी रेडी हुन्छिन निर्देशक हरि हुमांगाईले भने उनको क्यामेरा फेस पनि राम्रो छ ।

सार्वजनिक भएको यस गीतबाट अबको निकट दिनमा पल संग सुहाउने जोडीमा कविता पनि राम्रै नम्बरमा पर्ने यस भिडियो बाट पक्का भएको छ ।
गायक कमल खत्रीको शब्द ,संगीत र आवाज रहेको यस गीतले नेपाली सांगीतिक आकाशमा राम्रै स्थान पाउने पक्का देखिन्छ । सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा गीतले राम्रै दर्शक श्रोताको साथ् पाएको छ । गीतलाई कमल खत्रीको आफिसिएल युटुब च्यानल कमल खत्री बाट सार्वजनिक गरिएको छ ।

प्रकाशित : २४ माघ २०७७, शनिबार ००:००