२८ आश्विन २०८१, सोमबार । October 15, 2024

Uncategorized

ब्रेस्ट ब्रेन भएकाहरू प्रतिगमनको विरुद्धमा छन् : प्रचण्ड


२३ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ २३ माघ । ‘प्रचण्ड – माधव’ समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्धमा देशका ‘बेस्ट ब्रेन’ भएकाहरू रहेको बताएका छन्। उनले नागरिक समाज, बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीशहरू, निर्वाचन आयोगका पूर्वनिर्वाचन आयुक्तहरूदेखि पत्रकारहरूलाई ‘बेस्ट ब्रेन’ को संज्ञा दिँदै उनीहरू प्रतिनिधि सभा विघटनको विरुद्धमा रहेको बताए।

सरकारले प्रतिनिधि सभा विघटनसँगै संवैधानिक निकायहरूमा नियुक्ती संविधान, कानुन र नैतिक दृष्टिले प्रतिगमन निम्त्याउने गरी चालेको भन्दै त्यसविरुद्ध ब्रेस्ट ब्रेन भएकाहरूसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपालसहितका दलहरू पनि रहेको बताए। “प्रतिनिधि सभा विघटन र संवैधानिक निकायहरूमा भएको असंवैधानिक, कानुन विपरीत भएका नियुक्ती प्रचण्ड – माधव नेतृत्वको नेकपाको आन्तरिक सवाल मात्रै होइन” ,

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “देश निक्कै गम्भीर संकटमा जान लाग्दा त्यसविरुद्ध ब्रेस्ट ब्रेन भएकाहरूसँगै कांग्रेस, जसपा लगायत दलहरू हुनुहुन्छ।” उनले १० प्रतिशत मानिसहरू मात्रै सरकारबाट फाइदा लिन सरकारको कदम ठीक भन्ने पक्षमा रहेको जिकिर गरे।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार ००:००