२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

Uncategorized

उर्लाबारीमा १८५ राउण्ड गोली भेटियो


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ ।   मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७।६२ एमएम गोली भेटिएको हो ।

स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उनका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए ।

गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००