२८ आश्विन २०८१, सोमबार । October 15, 2024

मनोरञ्जन

गायिका अरुणा लामाको आज स्मृति दिवस


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ । गायिका अरुणा लामाको आज स्मृति दिवस हो । उनले नेपाली सागिंतिक क्षेत्रमा दिएको योगदान अतुलनिय रहेको छ । उनको स्मृतिमा प्रत्येक बर्ष कार्यक्रम हुने गर्छन् । आज पनि सम्झनामा साङ्गीतिक कार्यक्रम हुँदैछन् । विसं २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो ।

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीतियात्रा अघि बढेको थियो । उनका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००