१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

नारायणकाजी श्रेष्ठ : धरपकड गरेर सरकारले द्वन्द्व तिम्त्याउन खोज्यो


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ ।  नेकपा प्रचण्ड माधव समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्वन्द्व तिम्त्याउन खोजेका बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड माधव समूहले आम हड्ताल आहृवान गरेको छ । त्यसक्रममा सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आजगनी भएको प्रहरीले बतएको छ । केही ठाउँमा तोडफोड भएको छ ।

बन्द गराउन सडकमा पुगेका प्रचण्ड(माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् । आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतारी गरिएको छ, यसो नगर्नु पथ्र्यो । सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ ।’

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००