२८ आश्विन २०८१, सोमबार । October 15, 2024

मुख्य खबर

आमहड्ताल प्रभाव : आधा दर्जन नेता- कार्यकर्ता प्रहरी नियन्त्रणमा


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares


काठमाडौं २२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आमहड्तालको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ।

उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

 यस्तै उपत्यकाको सडकहरूमा छिटफुट सवारी साधनहरू चलिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी प्रदीपकुमार श्रेष्ठले सडकमा ठूलाभन्दा साना सवारी साधनहरू आंशिक रूपमा सञ्चालन भइरहेको बताए।
उनले तोड्फोड भए आमहड्ताल आह्वानकर्ताहरूलाई कारबाही गरिने चेतावनी दिए।
कार्यालयले उपत्यकामा व्यापक संख्यामा सादा पोशाकका प्रहरीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेको छ।
आमहड्तालको मानिसहरूले विरोध गरिरहेका छन्। तर, प्रचण्ड – माधव समूहले भने प्रतिगमनको विरोधका लागि आन्दोलनस्वरूप आमहड्ताल गरेको जनाएको छ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००