१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ । कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका लगायतका संवैधानिक निकायमा ५ जना प्रमुख आयुक्तरअध्यक्ष तथा २७ जना आयुक्तरसदस्य नियुक्त गरेकी हुन् । उनीहरुले बुधबार बिहानै शपथ लिएका छन् ।

तर ५ पुसमा मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि संवैधानिक परिषदको ३० मंसिरको बैठकले नियुक्ति सिफारिस गरेको पत्र संसद सचिवालयमा पुग्यो । यो विवादास्पद नियुक्तिबारे सर्वोर्च्च अदालतमा मुद्दा विचाराधीन छ ।

साथै संसदीय सुनुवाई समिति संघीय संसद अन्तर्गतको संयुक्त समिति भएको र प्रतिनिधिसभा विघटन भएकाले सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

संविधानअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने थियो । तर सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००