२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

नारायन वाग्ले : नयाँ जनआन्दोलनको लहर सुरु हुन्छ


२१ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २१ माघ ।  बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने बताएका छन् ।

मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरे ।

उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ ।

प्रकाशित : २१ माघ २०७७, बुधबार ००:००