२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Uncategorized

नायक सुशिल श्रेष्ठको खुशि


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।   नायक सुशिल श्रेष्ठले अभिनय गरेका २ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए । जसमध्ये, व्यापारिक रुपमा सफल नभएपनि ‘लभ डायरीज’ चर्चामा रह्यो ।

यसपछि, सुशिलले नयाँ चलचित्र साइन गरेका छैनन् । सुशिलले चलचित्र क्षेत्रमा सफलता खोजेको केही समय भयो । ‘लभ डायरीज’को अफर आउनु अगाडि सुशिलले चलचित्र क्षेत्र नै छाड्ने सोच पनि बनाएका थिए । तर, राम्रो कथामा अफर आएपछि उनले काम गरे ।

चलचित्र क्षेत्रमा नायकहरुमा प्रतिस्पर्धाको दौड छ । यो दौडमा थोरै पछाडि पर्दा पनि करिअर नै कमजोर हुने संभावना छ । सुशिल करिअरलाई अगाडि बढाउन मिहिनेत त गर्छन्, तर सफलता हात लागेको छैन ।

सुशिल सत्य कुरा सधै रमाइलो नहुन पनि सक्ने र खुशी सधै सत्य नहुन पनि सक्ने उल्लेख गर्छन् । सुशिलले सामाजिक संजालमा जे उल्लेख गरेपनि उनका लागि चलचित्र करिअरमा सफलता र खुशी दुबै चाहिएको छ ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००