२६ आश्विन २०८१, शनिबार । October 13, 2024

Uncategorized

‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।  कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो श्रृङ्खला फागुणको २१ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म यो शो प्रशारण हुने बताइएको छ ।

दोश्रो सिजनको अडिसन राउन्ड सकिएर अहिले धमाधम फिजिकल अडिसनको छायांकन भैरहेको बताइएको छ । दोश्रो सिजनलाई पहिलो सिजन भन्दा झनै उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्देशक विशाल भण्डारीले बताएका छन् ।
थ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायकको रुपमा छन् ।

शोको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा रहेका छन् ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००