१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

प्रधानमन्त्री ओलीले चितवनमा सम्बोधन गर्ने


१७ माघ २०७७, शनिबार ००:००

0
Shares

प्रधानमन्त्री ओलीले आज चितवनमा हुने जनसभालाई सम्बोधन गर्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने पार्टीको चितवन जिल्ला कमिटीले आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न उनी जाने भएका हुन्। जनसभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने भएका छन्।

चितवन जिल्ला कमिटीले हजारौंको सङ्ख्यामा मानिसहरू सडकमा ओराल्ने जनाएको छ। नेकपा राजनीतिक रूपमा विभाजित भएपछि प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले देशका विभिन्न ठाउँमा दिनहुँजसो जनप्रदर्शन गर्दै आएको छ। पार्टी विभाजनदेखि प्रतिनिधिसभा विघटनसम्मको स्थिति आउनुमा एकले अर्को पक्षलाई आरोप लगाउँदै आएको स्थिति रहेको छ।

प्रकाशित : १७ माघ २०७७, शनिबार ००:००