२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Uncategorized

मुख्य मन्त्री राउत : कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको छ


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताएका छन् । उनले सबै सरोकारवालाको सहयोगले प्रदेशमा कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको बताएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीले गरेको हिम्मतको सह्राहना गरेका छन् ।
विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगञ्जबासी बाँच्ने वा मर्ने अवस्थाबाट गुज्रेको समयमा फ्रन्टलाइनरले सहास देखाएर कोरोना नियन्त्रणमा सफल भएको स्मरण समेत गरेका थिए ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००