१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

Uncategorized

प्रधानन्यायाधीश : सुवासचन्द्र नेम्वाङको अभिव्यक्ति टिपोटमा राखेका छौँ


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् ।
संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएका थिए ।

संविधानसभाका अध्यक्ष नेम्वाङले विगतमा नयाँ संविधानको विशेषताबारे धारणा राख्दा सरकार बन्ने विकल्प हुँदासम्म संसद विघटन हुन नसक्ने व्यवस्था राखिएको अभिव्यक्ति दिएका थिए ।
वरिष्ठ अधिवक्ता केसीले अहिले धेरै नेपाली संसद विघटनको विरोधमा रहेको र संविधान असफल हुने चिन्ता भइरहेको बताए ।
वरिष्ठ अधिवक्ता केसीले संविधानमा विघटनको प्रावधान नै नभएको बताए ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००