१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

मुख्य खबर

नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु भएको बताइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरूसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारीसम्बन्धी छलफल भएको जानकारि प्राप्त भएको छ ।

बैठकमा विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएको हो ।

अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी प्रविधि, लगानीको विधि र लागतसमेतको प्रस्ताव तयार गर्ने बताएका छन् ।
पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००