२८ आश्विन २०८१, सोमबार । October 15, 2024

Uncategorized

हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गर्यो


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । मंगलबार बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ ।

ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ ।
ल्हासा नै उडान गर्न कम्पनीले भित्र्याएको ए३१९ ११ न्यारोबडी जहाज परीक्षण उडानमा प्रयोग गरिएको छ । यस जहाजमा १२० इकोनोमी र ८ विजिनेस क्लास सिट छन् । यो जहाज अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गमा सञ्चालन गर्न सक्ने क्षमताको हो ।

ल्हासास्थित विमानस्थल रहेको स्थान ३,५७० मीटर अर्थात् ११ हजार ७११ फिट उचाइमा छ । कम्पनीका प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठका अनुसार ल्हासागोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने हिमालय पहिलो र एक मात्र अन्तराष्ट्रिय वायुसेवा कम्पनी बनेको छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००