काठमाडौं । बम बनाउँदै गरेको अवस्थामा काठमाडौंको बूढानिलकण्ठबाट विप्लव नेतृत्वको नेकपाका ५ जना नेता पक्राउ परेका छन् । आइतबार नेपाल प्रहरीको विशेष ब्यूरोले एउटा कोठामा बसेर बम बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, गोली, प्रेसर कुकर बम, बम बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेकपा युवा संगठनका केन्द्रीय सचिव सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकील घतीमगर, सुलुखुम्बुका इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङ रहेका छन् ।
प्रतिक्रिया