ढाका, २६ कात्तिक । बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अरु ५७ जना घाइते भएका छन् ।
देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
“दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ, अरु ५७ भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भन्नुभयो ।
उहाँले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिनुभयो ।
घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् ।
“अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,” अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने ।
बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ ।
प्रतिक्रिया