२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

ग्लोबल

दुई देशबीच परामर्श संयन्त्र स्थापना



नेपाल र नर्वेबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री डागइनङ्गे उल्स्टेनको उपस्थितिमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलकुमार काफ्ले र नेपालका लागि नर्वेका राजदूत लास्से जोनासेनले आज परराष्ट्र मन्त्रालयमा हस्ताक्षर गर्नुभयो ।

त्यसअघि दुई देशका मन्त्रीबीच भएको भेटवार्तामा नेपाल–नर्वे सम्बन्धका सबै पक्षमा विचारविमर्श हुनका साथै ऊर्जा, व्यापार, लगानीलयगायत आपसी सहयोग अभिवृद्धिका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

दुवै देशका मन्त्रीबीचको वार्ता जलवायु परिवर्तन र त्यसले पारेका असर तथा साझा चासोका विषयमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहयोग बढाउनेबारेमा पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १८ कार्तिक २०७६, सोमबार ००:००