चिनियाँ राष्ट्रपतिको सी चिनपिङको आजदेखि हुने नेपालको राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण करिब पाँच घण्टा बन्द हुने भएको छ भने काठमाण्डौंको अधिकतर सडकमा सर्वसाधरणले आज सवारी साधन गुडाउन रोक गरिएको छ । बानेश्वदेखि एयरपोर्टसम्म,माइतीघर मण्डला,जमल सोल्टीहोटल,राष्ट्रपति निवास वालुवाटार क्षेत्र सर्वसाधरणका लागि पूर्ण रुपमा ठप्प गरिने टाफिक प्रहरी कार्यालय महाशाखा कार्यालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० देखि ५ः३० को बीचमा काठमाडौं अवतरण गर्ने कार्यतालिका छ । शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो। विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भिभिआइपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्ने हुन्छ। राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ। राष्ट्रपति सी आउने बेला साढे दुई घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थलले जनाएको छ। शनिबार यो समय दिउँसो २ बजेर ५५ मनिने देखि पाँच बजेर २५ मिनेटसम्मको लागि तोकिएको छ। आइतबार बिहान ११स्२० देखि दिउँसो १स्५० सम्म तोकिएको छ। राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ । ।
प्रतिक्रिया