१७ कार्तिक २०८१, शनिबार । November 3, 2024

समाचार

दसैंको आज दशौं दिन, मान्यजनहरूबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै



असोज २१, २०७६ हिन्दूहरुको पर्व दसैंको आज दशौं दिन अर्थाथ दशैंको मुख्य दिन अर्थात विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै मनाउने गर्छन् । किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। सार त दसैं पर्व राजनीतिक चाड भएपनि बडा दशैं साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै गएको छ । समाजशास्त्रीहरुका अनुसार बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् । मुलत नेपालका आदिवासी जनजाती एवं गैह्र हिन्दू समुदायमा राज्यले जवरजस्त लादिएको चाड भएपनि समयक्रममा यसको स्वीकाराक्ती बढ्दै गएको बताउँछन् । घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ। देवी विसर्जनका लागि बिहान ८ बजेर ४५ मिनेटको समय उत्तम रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्नका लागि भने १० बजेर ३५ मिनेटको साइत उत्तम रहेको छ ।

प्रकाशित : २१ आश्विन २०७६, मंगलबार ००:००