१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

मुख्य खबर

बालबालिकालाई पुरस्कार वितरण तथा सम्मान गरियो



नेपाली बालबालिकाहरुको हकहितको लागि कार्यरत सामाजिक संस्था बाल विकास समाजले एक भव्य समारोहकासाथ आफ्नो २८ औं वार्षिक उत्सव कार्यक्रम काठमाण्डौको डिल्लीबजार कालिकास्थानस्थित राष्ट्रिय सांस्कृतिक घरमा हालै सम्पन्न गरेको छ । बार्षिक उत्वसको अवसर पारेर संस्थाको छात्रवृत्ति कार्यक्रम अन्तर्गत अध्ययन गरिरहेका शैक्षिक वर्ष २०७५÷०७६ को एस. ई. ई. परीक्षामा सफल बालबालिकाहरुलाई संस्थाले नगदसहित सम्मान प्रदान गरेको छ । यस प्रकारको सम्मानले बालबालिकाको आगामी शैक्षिक जीवनमा सफलता हासिल गर्न प्रोत्साहन मिलेको सम्मानित विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरु योजना कार्यान्वयनमा गैरसरकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बालश्रम निवारण गर्नका लागि सरकारले राष्ट्रिय गुरु योजना ल्याएको बताउँदै सचिव केसीले उक्त गुरु योजनाको कार्यान्वयनमा सहयोग पुग्ने हिसावबाट काम गर्न सम्पूर्ण गैह्र सरकरी संघसंस्थालाई आग्रह गरेका छन् । यस संस्थाले गरेको कामप्रति थोरै भए पनि जानकार रहेको र आगामी दिनमा अझ प्रभावकारी रुपबाट काम गर्नसमेत अनुरोध गरेका केसीले बालबालिकाहरुको शिक्षा क्षेत्रमा बाल विकास संस्थाले गरेको सहयोग प्रशंसनीय रहेको र आगामी दिनमा यस प्रकारको कामको निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरेका छन् । सचिव केसीले बालश्रम निवारणका लागि सबै सरकोकारवाला निकायहरुसँग समन्वय गरेर कामगर्न मन्त्रालय तयार रहेको बताएका छन् । ‘हातेमालो गरेर काम गरियो भने पक्कै पनि बालश्रम अन्त्य गर्न सकिन्छ,’उलने भने,‘ यसका लागि सामुहिक प्रयासबाट मात्र सम्भव छ ।’


कार्यक्रममा संस्थाका कोषाध्यक्षले स्थानीय सरकारले नै बालश्रम मुक्तनगर पालिका तथा गाउपालिका बनाउनका लागि ठोस रुपमा लाग्न ुपर्ने र उक्तकार्यलाई सहयोग गर्न विभिन्न राष्ट्रिय तथाअन्तर्राष्ट्रिय संघसंस्थाहरुको सहयोग लिनु आवश्यक रहेको बताए । कुनै न कुनै राजनैतिक पार्टीबाट चुनाव जितेर जनप्रतिनिधिहरु चुनिएको अवस्था भए पनि आफ्नो नगर तथा वडालाई समृद्ध वनाउनक लागि पार्टीभन्दा माथी उठेर काम गर्नको लागि अग्रसर हुनुपर्ने कुरा उल्लेख गर्दै बालश्रममुक्त वडा तथा नगर बनाउनका लागि बालविकास समाजले आफ्नो बलबुताले भ्याएसम्म आर्थिक सहयोग जुटाएर सरकारको सहयोगीको भुमिका निर्वाह गर्ने बताए छन् । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुवास गौतमले गरेका थिए ।

प्रकाशित : ८ आश्विन २०७६, बुधबार ००:००