२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

घरेलु मैदानमा नेदरल्यान्ड्ससँग जर्मनी स्तब्ध


२१ भाद्र २०७६, शनिबार ००:००

0
Shares


सन् २०२० को युरोकप छनोटअन्तर्गत गएराति भएको खेलमा तीन पटकको च्याम्पियन जर्मनी नेदरल्यान्ड्ससँग आफ्नै घरेलु मैदानमा स्तब्ध भएको छ । नेदरल्यान्ड्सले जर्मनीमाथि ४–२ को प्रभावशाली जित निकालेको हो ।
ह्यामबर्गमा भएको खेलमा नेदरल्यान्ड्सको जितमा फ्रान्की डि जोङ, डोनेल मालेन र जर्जिन्हो विज्नल्डमले गोल गरे । एक गोल उपहार पाएको थियो । जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले गोल गरे ।
नेदरल्यान्ड्सले जर्मनीलाई उसकै मैदानमा १७ वर्षपछि पहिलोपटक हराएको हो । सन् २००२ मा नेदरल्यान्डले ३–१ को जित निकालेको थियो ।
खेलको नवौं मिनेटमा जिनाब्रीले लुकास क्लोसटर्मानको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको नेदरल्यान्ड्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गर्न सफल भएको थियो ।

५९औं मिनेटमा डि जोङले रायन बाबेलको पासमा बराबरी गोल फर्काएपछि नेदरल्यान्ड्स खेलमा फर्किएको थियो । ६६औं मिनेटमा जोनाथन ताले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्स खेलमा २–१ ले अघि बढ्यो । भर्जिल भान डाइकको पावरफुल हेडरमा मेम्फिस डिपायले गरेको क्रसमा जोनाथनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

७३औं मिनेटमा डि जोङले फल गरेपछि प्राप्त पेनाल्टीमा क्रुसले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।
७९औं मिनेटमा डेब्युटियन २० वर्षीय सुपर सव डोनेल मालेनले गोल गर्दै नेदरल्यान्ड्सलाई पुन ३–२ को अग्रता दिलाए ।

५८औं मिनेटमा मार्टिन डि रुनको स्थानमा मैदान छिरेका विज्नल्डमको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा विज्नल्डमले गोल गर्दै जर्मनीलाई ४–२ को प्रभावशाली जित दिलाए ।

जितसँगै नेदरल्यान्डले समूह ‘सी’ मा ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा रहेर युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । एक खेल बढी खेलको जर्मनी ९ अंक जोडेर दोस्रो तथा अपराजित नर्दन आयरल्यान्ड १२ अंक जोडेर शीर्षस्थानमा छ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : २१ भाद्र २०७६, शनिबार ००:००