२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मुख्य खबर

प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहेको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिएको छ । डा शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको स्पष्ट गरेको छ । प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया ९प्लाज्मा फेरेसिस० पूरा भएको वक्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल गएको थियो । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उहाँ आज स्वदेश फर्केको हो ।

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार ००:००