३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

समाचार

पूर्व अध्यक्षकै नेतृत्वमा राई विद्यार्थी संघ विभाजन गर्ने प्रयास

समाजवादी पार्टी पक्षधरद्धारा अर्को राई विद्यार्थी संघ घोषणा




दमक, १८ भदौं । करिव चार महिना अघि खोटाङमा भएको किरात राई विध्यार्थी संघको ९ औं राष्ट्रिय सम्मेलनबाट पराजित समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादव पक्षधर केही नेताहरुको उपस्थितिमा अर्को किरात राई विध्यार्थी संघ भएको छ ।

भदौ १७ गते संघको २१ औं स्थापना दिवस हो । स्थापना मनाउने भन्दै झुक्याएर खोटाङमा परिषद सदस्यको आन्तरिक निर्वाचन समेत जमाना जफत हुनेगरी हारेका समाजवादी पार्टी सम्बद्द विध्यार्थी संगठनको मनोनित सचिव रामचन्द्र राईको अध्यक्षतामा समिती घोषणा गरेका छ्न ।

रामचन्द्रले संगठनको बर्थ(डे ९स्थापना दिवस०मा आफुलाई अध्यक्ष घोषणा गरेपछी समाजवादी पार्टी पक्षधर ती नेताहरुको लागि अब राष्ट्रिय सम्मेलन पर्खिनु नपर्ने नजिर स्थापना भएको छ ।

समाजवादीको भेलाले सुशन रुमाहाङ राई उपाध्यक्ष घोषणा गरेका छ्न ।
उपाध्यक्ष सपना राई, महासचिवमा अञ्जिलहाङ किराती, सचिवमा अशोक राई, र याम बाङदेल, कोषाध्यक्षः रमला राई, सहकोषाध्यक्ष रोशन राई घोषणा गरेका छन । घोषणा भएका सबै जसो समाजवादी पार्टीको उपेन्द्र यादव समूहका रहेका छन् ।

स्थापना दिवस मनाउने भन्दै संघको पूर्व अध्यक्ष धिरेन्द्र रुम्दालीको नेतृत्वमा राई विध्यार्थीलाई विभाजनको प्रयास भएको हो । खोटाङ राष्ट्रिय सम्मेलनबाट वैधानिक रुपमा निर्वाचित जितेन राईको अध्यक्षता रहेको संघले भने स्थापना दिवसबाट अध्यक्ष स्वघोषणा गर्नु आफैमा हास्यपद भएको प्रतिक्रिया दिएको छ । रहर र निर्वाचनको पराजयको पीडाको रुपमा प्रचार गरिएको समिती भंग गरेर बैधानिक बाटो आउन जितेन राईले आव्हान गरेका छन ।

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार ००:००