बेलबारी १७ भदौ । मोरङको बेलबारी९ स्थित देविगन्जदेखि ढ्वाङढ्वाङ्गे मेला लाग्ने स्थानसम्म भएको सडक ग्राबेलमा अनियमितताभएको स्थानीयले आरोप लगाएका छन् ।
आर्थिक बर्ष २०७५/०७६ मा प्रदेशको भौतिक पूर्बाधार विकासबाट आएको ३० लाख बजेटले दुई हजार तीन सय मिटरमा ग्राबेल गर्ने भनिएको थियो । उक्त बजेटबाट सडकमा १ हजार ८ सय मात्र ग्रावेल लगाइएको स्थानीय बासीको भनाइ छ । स्थानीय थानबहादुर राईले भने ‘ए लेवलको गर्नेे भनेर पहिला गरेकै ग्रावेल माथि यसो टाँसेको मात्र छ ।’ ‘काम गर्दागर्दै सम्झौता अनुसारको भएन है भन्दा पनि सुनुवाइ भएन ।’ ‘समिति कहिले र कसरी गठन गरे हामीलाई थाहा छैन’ स्थानीय धर्मराज राईको भनाइ छ । ‘समिति माथिबाटै बनाएर ल्याएको बुझिन्छ’ स्थानीय धीरज श्रेष्ठले भने ‘सुनेको ३० लाख तर काम चाही २० लाखभन्दा बढीको भएको छैन ।’ ग्रावेल बारे प्रतिक्षा बुढाथोकीले भनिन ‘पुरानो ग्रावेलमा यसो दलेको मात्र छ ।’ ग्रावेलको उच्चाइ ६ इन्च लगाउने भनिए पनि दुई इन्च पनि नलगाएको स्थानीय उपभोक्ताहरुको भनाइ छ । तीन किलो मिटर बन्नु पर्नेमा दुई किलो मिटर पनि नबनेको स्थानीयबासीको भनाइ छ । सडक उपभोक्ता निर्माण समितिको अध्यक्ष महाप्रसाद दाहाल(माधव)ले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयबाट आएको बजेटले ग्रावेल गरेको र अन्तिम समय परेकोले मिक्स गिटीहरु महंगो परेको बताए । कामको जिम्मा उपभोक्ता समितिले लिएपनि म्याटर र निर्माण सामाग्रि गिवार्ण दाहाल (अशोक), खेमराज भट्टराई र राजेश गिरीलाई समितिले जिम्मा दिएको समितिको सचिव चन्द्रमणी भन्डारी(विनोद)ले बताए । आर्थिक बर्ष सकिए पनि सडक ग्राभेल भने साउन अन्तिममा सम्पन्न गरेको छ । सडक ग्रावेलिङ गर्न उपभोक्ताले दुई हजार तीन सय मिटर भन्ने बुझेपनि योजना एक हजार आठ सयको मात्र भएको अध्यक्ष दाहालको भनाइ छ । ३० लाखको सम्झौता भएपनि २६ लाख मात्र रकम निकासा भएको अध्यक्ष अध्यक्ष महाप्रसाद दाहाल(माधव)को भनाइ छ ।
प्रतिक्रिया