३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

समाचार

दिउँसो विद्यालयले खाजा दिन थालेपछि विद्यार्थीको संख्या बढ्यो



पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन् । गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए । बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे । जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ्यो, त्यसपछि विद्यालयमा थोरै मात्र विद्यार्थी बाँकी रहन्थे । खाजाखान घरमा गएका विद्यार्थी फर्किँदैन थिए ।

अभिभावक मेलापात र रोजगारीमा जाँदा दिउँसो घरमा शून्य हुने भएकाले विद्यार्थी विद्यालय आसपासमा रहेका फलफूलका रुखमा भुण्डिन्थे । कक्षा सञ्चालन भइसक्दा पनि उनीहरू विद्यालयमा नफर्किँदा दिउँसोको २ बजे नै ४ बजेपछिको हुन्थ्यो । तर, अहिले विद्यालयको वातावरण फेरिएको छ । विद्यालयमा ४ बजेसम्म सबै विद्यार्थी बस्छन् ।

विद्यालयभन्दा केही तल निजी तथा आवासीय विद्यालय छन् । ती निजी विद्यालयबाट १० जना विद्यार्थी युवा वर्षमा फर्किएका छन् । निजी विद्यालयबाट १० जना विद्यार्थी सामुदायिक विद्यालयमा फर्किनु सङ्ख्यामा थोरै भएको भए पनि महत्वपूर्ण उपलब्धि भएको विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले बताए ।

विद्यालयको वातावरणमा परिवर्तन आउनुमा विद्यार्थीलाई दिइने खाजा रहेको छ । स्थानीय प्रेम विक र वडा नंं। ७ कार्यालयले खाजा उपलब्ध गराएपछि विद्यालय समयसम्मै विद्यार्थी बस्ने गरेको प्रधानाध्यपक पुरी बताउँछन् ।
विद्यालयमा रहेका १२ जना छात्राका लागि विकले र बाँकी २३ जना विद्यार्थीलाई वडा कार्यालयले खाजा उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा विद्यार्थीको खाजा खर्चका लागि रु एक लाख वजेट विनियोजन गरेको सो वडाले चालू आर्थिक वर्षमा रु ६० हजार विनियोजन गरेको छ । ‘यो विद्यालयमा गरीब, दलित र मजदूरका छोराछोरी अध्ययनरत छन् ।

प्रकाशित : १७ भाद्र २०७६, मंगलबार ००:००