खार्तुम, ३ भदौ । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ । खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसिरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भन्नुभयो, “पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।” पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो ।
२ भाद्र २०७६, सोमबार ००:००
0
Shares
प्रतिक्रिया