उदयपुर ३० साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्रदेश १ को प्रथम महाधिवेशन उदयपुरमा सुरु भएको छ ।
त्रियुगा नगरपालिका ९ राजाबासमा सुरु भएको महाधिवेशन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।
महाधिवेशनले २१ सदस्यीय प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
महाधिवेशनमा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, महासचिव मनोज मगर, सचिव मिलन लिम्बू र कमन देवान, कोषाध्यक्ष अमरध्वज लामा लगायत केन्द्रिय नेताहरुको उपस्थिति रहेको छ ।
३० श्रावण २०७६, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया